Friday, January 16, 2026
Homeअर्थ बेलबारी महोत्सवमा सात दिनमा ४० हजार दर्शकले गरे अवलोकन, ५० लाखको कारोबार

 बेलबारी महोत्सवमा सात दिनमा ४० हजार दर्शकले गरे अवलोकन, ५० लाखको कारोबार

बेलबारीः पुस २५ गतेदेखि बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा जारी ‘तेस्रो बेलबारी महोत्सव’ मा सात दिनमा ४० हजार दर्शकले अवलोकन गरेका छन् । ५० लाखको कारोबार भएको छ ।

आयोजकका अनुसार महोत्सवको सातौँ दिनसम्म आइपुग्दा करिब ४० हजार दर्शकले अवलोकन गरिसकेका छन् । दर्शकको बाक्लो उपस्थितिसँगै आर्थिक कारोबार पनि सन्तोषजनक रहेको छ । महोत्सवको सातौँ दिनसम्म ५० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार भएको छ ।

महोत्सवमा ५० वटा व्यापारिक स्टल र १५ वटा होटलका स्टल रहेका छन् । महोत्सवलाई रोचक बनाउन दैनिक रूपमा विविध कार्यक्रमहरू आयोजना भइरहेका छन् ।

महोत्सवलाई मनोरञ्जनका साथै चेतनामूलक बनाउने उद्देश्यले आगामी आइतबार हात्तीविज्ञहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम समेत तय गरिएको छ । उक्त कार्यक्रममा हात्तीको आहारा, यसको संरक्षण र प्राविधिक पक्षबारे विज्ञहरूसँग छलफल गरिने बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले जनाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments