Friday, January 16, 2026
Homeखेलकुदलेटाङ रन २०८२ मा कक्षा ८ मुनिको दौडमा रोहन र करुणा पहिलो

लेटाङ रन २०८२ मा कक्षा ८ मुनिको दौडमा रोहन र करुणा पहिलो

लेटाङः लेटाङ रन २०८२ अन्तर्गत कक्षा ८ मुनिको प्रतिष्पर्धामा छात्रतर्फ रोहनकुमार माझी र छात्रातर्फ करुणा खोङले पहिलो स्थान हासिल गरेका छन् ।

हिजो भएको दौडमा छात्रतर्फ धरानका रोहनकुमार माझीले निर्धारित ३ किलोमिटरको दूरी ९ मिनेट २२ सेकेण्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरे ।

छात्रातर्फ वराहक्षेत्रकी करुणा खोङले १२ मिनेट २ः४६ सेकेण्डमा निर्धारित दूरी पार गर्दै पहिलो भइन् ।

छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजेताहरुलाई लेटाङ नगरपालिकाका पूर्वनगर प्रमुख शंकर राईले पुरस्कार वितरण गर्नुभएको थियो ।

यस्तो छ कक्षा ८ मुनिको दौडको नतिजा
छात्रतर्फः
प्रथमः रोहनकुमार माझी (धरान) –९ः२२ः००
दोस्रोः साहिल देवान (धरान) –९ः३१ः४०
तेस्रोः डम्बर पौडेल (उर्लाबारी) – ९ः३२ः४५
चौथोः सनम लिम्बु (दमक) – ९ः४४ः२९
पाँचौँः सलमान साके (काठमाडौँ) – ९ः४७ः४५

छात्रातर्फः
प्रथमः करुणा खोङ (वराहक्षेत्र) – १२ः०२ः४६
दोस्रोः श्रुति चौधरी (धरान) – १२ः०४ः२२
तेस्रोः रबिना राई (भोजपुर) – १२ः०६ः३५
चौथोः निश्मा राई (भोजपुर) – १२ः१४ः१३
पाँचौँः दीपिका गुरुङ (तहरा) – १२ः१५ः२४

सम्बनिधत समाचारः
लेटाङ रन–२०८२ मा भेट्रानतर्फ रेशम लिम्बू र जमुना लिम्बू पहिलो

माघ १ गते लेटाङ रनको तेस्रो संस्करण हुने

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments