सुन्दरहरैंचाः नेपाल स्टक एक्सचेन्जले लक्ष्मी सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, र शिवम् सिमेन्ट्सको बोनस शेयरमा मूल्य समायोजन गरेको छ ।
लक्ष्मी सनराइज बैंकको ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गर्दा १८१ रुपैयाँ ५९ पैसा कायम भएको छ । मुक्तिनाथ विकास बैंकको ९ दशमलव ७५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजनपछि ३७१ रुपैयाँ ७५ पैसा कायम भएको छ ।
शिवम् सिमेन्ट्सको १४ दशमलव २५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजनपछि यसको मूल्य ५१७ रुपैयाँ २९ पैसा कायम भएको छ ।