Tuesday, December 24, 2024
Homeफिचरतीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सुन्दरहरैंचाः साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, बोटलर्स नेपाल (तराई) र मन्दाकिनी हाइड्रोपावरले भोलि (पुस २० गते) बुकक्लोज गर्ने भएका छन् ।

ती कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न शेयर खरीद गरेर लगानीकर्ता बन्ने आज अन्तिम दिन हो ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हाल कायम चुक्ता पूँजीको ५ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोटलर्स नेपाल (तराई) ले पुस २७ गते हुने साधारणसभामा प्रतिशेयर ६० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

मन्दाकिनी हाइड्रोपावरले पुस २९ गते हुने दशौँ वार्षिक साधारण सभामार्फत् हाल कायम चुक्ता पूँजीको ४ दशमलव ७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ० दशमलव २५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments