Tuesday, December 24, 2024
Homeफिचर६ दिनपछि शेयर बजारमा छायो हरियाली

६ दिनपछि शेयर बजारमा छायो हरियाली

सुन्दरहरैंचाः लगातार ६ दिनसम्म तल झरेको नेपाली शेयर बजार बुधबार भने उकालो लागेको छ । २७ दशमलव ९० अंकले बढेर २ हजार ५८ को बिन्दुमा बन्द भएको बजारमा सबै समूहमा हरियाली छाएको छ ।

नेप्सेमा सूचीकृतमध्ये ३०६ वटा कम्पनीका १ करोड ५ लाख ४५८ कित्ता शेयर ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा बढी हाइड्रोपावर समूह ३ दशमलव ०८ प्रतिशतले बढेको छ । होटल्स एण्ड टुरिजम २.७० प्रतिशतले बढेको छ । सोनापुर आयल एन्ड मिनरल्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

दिव्यश्वरी हाइड्रोपालर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभपलपमेन्ट बैंक, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर कम्पनी, सोनापुर आयल एन्ड मिनरल्स, नेपाल वेयरहाउजिङ कम्पनी, पञ्चकन्या हाइड्रोपावर कम्पनी र सनराइज्ड फोकस्ड फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशलमव १० प्रतिशतले घटेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments