सुन्दरहरैचाः इन्द्रपुर जेसीजको २२ औं तथा इन्द्रपुर जुनियर जेसिजको छ्रैटौं पदस्थापन सोमबार सम्पन्न भएको छ ।
प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्द्रपुर जेसीजकी वर्ष २०२३ की अध्यक्ष बिना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई पद तथा गोपनीयताको शपथ गराउँदै जेसीज चेन प्रदान गरेर पदस्थापन गराएकी थिइन् ।
जुनियर जेसीज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीलाई पनि सोही प्रक्रियाले पदभार ग्रहण गराएका थिए ।
इन्द्रपुर जेसीजको नयाँ कार्यसमितिको उपाध्यक्ष निरु बजगाई, गोपाल दाहाल, रामप्रसाद ढकाल र अल्का सुवेदी रहेका छन् । कार्यकारी उपाध्यक्षमा रमेश खतिवडा र समीर बस्नेत तथा जनसम्पर्क अधिकारीमा दिवस मिजार चयन भएका छन् । महासचिवमा आकाश दुलाल मनोनित भएका छन् ।
पदस्थापना कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भीम कुँवर, इन्द्रपुर जेसीजका पूर्व अध्यक्षहरू तथा पूर्वका विभिन्न जेसीज शाखाका अध्यक्षहरूको उपस्थिति थियो ।