काठमाडौंः एनपीएलको दोस्रो संस्करणको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो । लुम्बिनीका लागि ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले ४१ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे ।
विराटनगरका बलरहरू सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले आज उत्कृष्ट बलिङ गरेका थिए । सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए ।
आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गरेर उपाधि आफ्नो हातमा पार्ने कोशिस गर्नेछ ।
एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगर किंग्स टस जितेर बलिङ गर्दै
विराटनगर किंग्स र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायरमा खेल्दै







