काठमाडौंः बुधबार आफू र जेनजीहरूबीच भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय सरकारले गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ ।
उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको खरेलको भनाइ छ ।







