Thursday, December 11, 2025
Homeखेलकुदएनपीएलको दोस्रो क्वालिफायरमा विराटनगर किंग्स टस जितेर बलिङ गर्दै

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगर किंग्स टस जितेर बलिङ गर्दै

काठमाडौंः आज भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा विराटनगर किंग्सले लुम्बिनीविरुद्ध पहिले बलिङ गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङको निर्णय गर्दै लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन् ।

आजको खेलमा विराटनगरले सूर्य तामाङ र नारायण जोशीको ठाउँमा सुवास भण्डारी र शंकर रानालाई खेलाउँदैछ । लुम्बिनी लायन्सले भने हिजोको खेलमा कुनै परिवर्तन गरेको छैन ।

यो नकआउट खेल भएकोले पराजित हुने टिम प्रतियोगिताको तेस्रो टिम हुँदै बाहिरिनेछ भने जित्ने टिमले सुदूरपश्चिम रोयल्सँग फाइनल खेल खेल्नेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments