Thursday, December 11, 2025
Homeखेलकुदविराटनगर किंग्स र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायरमा खेल्दै

विराटनगर किंग्स र लुम्बिनी लायन्स फाइनल प्रवेशका लागि आज दोस्रो क्वालिफायरमा खेल्दै

काठमाडौंः आज अपराह्न्न ४ बजे आज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ को दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दैछन् । आजको विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ ।

विराटनगर किंग्स पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएर दोस्रो क्वालिफायरमा विजयी भएर फाइनल पुग्न खेल्दैछ । लुम्बिनी लायन्सले भने हिजो भएको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

विराटनगर यस प्रतियोगिताअघि नै स्टार विदेशी खेलाडी अनुबन्ध गरेर चर्चामा आएको टिम हो । गत संस्करणको खराब प्रदर्शन बिर्साउँदै प्लेअफ पनि पुगेको छ ।

लुम्बिनीले लगातार चौथो जीत निकालेर यहाँसम्म आइपुगेको छ । लिग चरणका अन्तिम ३ खेलमा लगातार जित निकालेको लुम्बिनीले इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई हराएको हो ।
लुम्बिनी र विराटनगरले दुवै संस्करणमा गरेर २ पटक खेलेका छन् । दुवैले एक–एक खेल जितेका छन् ।

आजको खेलमा पराजित हुने टोली प्रतियोगिताको तेस्रो टोली हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments