Monday, December 8, 2025
Homeकला र साहित्यजेसीज सप्ताह समापनमा इन्द्रपुर जेसीजले राख्यो गजल साँझ

जेसीज सप्ताह समापनमा इन्द्रपुर जेसीजले राख्यो गजल साँझ

विराटचोकः इन्द्रपुर जेसीजको जेसीज सप्ताह कार्यक्रम शनिबार साँझ समापन भएको छ । साताव्यापी विभिन्न कार्यक्रम गरेको इन्द्रपुर जेसीजले समापन समारोहमा विशेष गजल साँझ र साङ्गीतिक प्रस्तुति पस्किएको थियो ।

इन्द्रपुर जेसीजका पूर्व अध्यक्ष तथा सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा गायक दुर्गा पराजुली तथा सप्तक कला केन्द्र सलकपुरका प्रशिक्षक र प्रशिक्षार्थीले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रमुख अतिथि ढकालले जेसीजले व्यक्तित्व विकास, नेतृत्व तथा क्षमता विकास र समाजसेवामा अग्रसर सक्षम व्यक्ति बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । इन्द्रपुर जेसीजको वर्तमान नेतृत्वले कार्य गरी देशभरका शाखामा उत्कृष्ट भएकोमा उहाँले इन्द्रपुर जेसीजलाई थप सफलताको शुभकामना दिनुभएको थियो । इन्द्रपुर जुनियर जेसीजले देखाएको सक्रियता र योगदानको पनि उहाँले चर्चा गर्नुभएको थियो । जेसीजले व्यक्तिको मात्रै क्षमता विकास गर्दैन समाजमा पनि महत्वपूर्ण योगदान दिन्छ भनेर इन्द्रपुर जेसीजले प्रमाणित गरिदिएको उहाँको भनाइ थियो ।

जेसीज सप्ताहको समापन समारोहको अध्यक्षता इन्द्रपुर जेसीजका अध्यक्ष आकाश दुलालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन महासचिव अजित वान्तवाले गर्नुभएको थियो । कार्यकारिणी उपाध्यक्ष श्याम अग्रहरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जेसीज सप्ताहका संयोजक निर्मल अधिकारीले कार्यक्रम आयोजना गर्नुको औचित्यका साथै प्रत्येक कार्यक्रमको आय र व्यय सार्वजनिक गर्नुभएको थियो ।

जेसीज सप्ताह समापन समारोहको औपचारिक कार्यक्रमपछि गजलकार यादव भट्टराईको संयोजनमा भएको गजल तथा साङ्गीतिक साँझ प्रस्तुत गरिएको थियो । नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेको उद्घोषणमा भएको गजल साँझमा इलामका गजलकार विवश बलिभद्र कोइराला, झापाकी गजलकार रोमा निरौला तथा मोरङका गजलकार खेमराज आचार्यले दुई चरणमा तीनतीन वटाका दरले ६ वटा गजल वाचन गर्नुभएको थियो ।

यस्तै, गायक दुर्गा पराजुली र गायिका समीक्षा दाहालले आकर्षक गायन प्रस्तुति दिनुभयो । कार्यक्रममा इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजका तर्फबाट आकर्षक नृत्य पनि प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचारहरू

इन्द्रपुर जेसीजद्वारा जेसीज भिलेजमा निर्मित थप ५ घर हस्तान्तरण

इन्द्रपुर जेसीजद्वारा अपाङ्गता दिवसको अवसर पारेर अपाङ्गता भएका पाँच जनालाई ह्वीलचेयर वितरण

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments