Monday, December 8, 2025
Homeअपराधभतिजी बुहारीले खानामा विष मिसाएर दिँदा सासूको मृत्यु, ससुरा गम्भीर

भतिजी बुहारीले खानामा विष मिसाएर दिँदा सासूको मृत्यु, ससुरा गम्भीर

बेलबारीः मोरङको बेलबारी नगरपालिका– २ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु भएको छ । ससुरा गम्भीर बिरामी भएका छन् ।

शनिबार भतिजी बुहारीले खानामा विष मिसाएर दिँदा ७० वर्षीय ससुरा भक्तबहादुर राई र ७७ वर्षीया सासू ईन्द्रमाया राई गम्भीर बिरामी भएका थिए । नोबेल मेडिकल कलेजमा उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भतिजी बुहारी ३२ वर्षीया सुनिता कार्कीलाई पक्राउ गरेको छ । शनिबार दिउँसो करिब ३ बजे घर नजिकै खोल्सीमा स्थानीयले भक्तबहादुर राईलाई बेहोश अवस्थामा फेला पारेका थिए । उनलाई गाउँलेले घर लाँदा घरमा उनकी ७७ वर्षीया श्रीमती ईन्द्रमाया राई पनि बेहोश अवस्थामा लडिरहेकी थिइन् । आँगनमा ३ वटा कुखुरा पनि मरेका थिए ।

घटनाको प्रकृति हेर्दा विष खाएको आशङ्कामा स्थानीयले ती दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेज लगेका थिए । उपचारका क्रममा शनिबार राति ईन्द्रमायाको मृत्यु भएको हो । भक्तबहादुरको उपचार भइरहेको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा खानामा विष मिसाइएको पाइएको बताएको छ । पक्राउ परेकी बुहारीले खानामा विष मिसाएर खुवाएको प्रहरीसमक्ष स्वीकार गरेकी छिन् । खानामा विष मिसाएपछि उनले विषको बट्टा अँगेनामा डढाएको बयान दिएकी छिन् । प्रहरीले जलेको बट्टा पनि बरामद गरी घटनाको बारेमा अनुसन्धान शुरु गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments