Monday, January 19, 2026
Homeखेलकुदटाइब्रेकरमा १ का विरुद्ध ४ गोल गरी गाईघाट फुटबल क्लब गछिया गोल्डकपको...

टाइब्रेकरमा १ का विरुद्ध ४ गोल गरी गाईघाट फुटबल क्लब गछिया गोल्डकपको सेमीफाइनलमा

गछियाः प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गछिया गोल्डकपमा जलथल फुटबल क्लब झापालाई १ का विरुद्ध ४ गोल गरी गाईघाट युनाइटेड फुटबल क्लब उदयपुर सेमीफाइनलमा प्रवेश गरेको छ ।

हिजो भएको तेस्रो क्वाटरफाइनल खेलको निर्धारित समयमा दुवै पक्षले समान एकएक गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको २८ औँ मिनेटमा जलथलका जर्सी नं. २१ निशकुमार श्रेष्ठले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेट नबित्दै गाईघाटका जर्सी नं. १३ का विनोद राईले गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टिमले थप गोल नगरेपछि पेनाल्टी सुटमा १ का विरुद्ध ४ गोल गरी गाईघाट सेमीफाइनलमा पुगेको हो ।

खेलको ‘म्यान अफ द म्याच’ गाईघाटका गोलरक्षक रेम्बो चौधरी घोषित भए । उनलाई ५ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरियो । आजको खेल राष्ट्रिय जागृति फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच हुनेछ ।

गोल्डकपको विजेताले २ लाख १ हजार, उपविजेताले १ लाख १ हजार, ‘म्यान अफ द सिरिज’ले २५ हजार तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक दिनको म्यान अफ द म्याच विजेताले नगद ५ हजार १०० रुपैयाँ पाउनेछन् ।

२२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत उद्घाटन खेलबाट सलहेश युवा क्लब सिरहा र दोस्रो खेलमा आयोजक गछिया युवा समाज सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments