काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन् । प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच त्रिवि क्रिकेट मैदानमा मध्याह्न साढे १२ बजे प्रतिष्पर्धा हुनेछ ।
साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ ।
हिजो भएको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।
प्रतियोगिता मंसिर ५ गते सकिनेछ ।





