Monday, January 19, 2026
Homeअपराधयौन दुराचारको अभियोगमा बेलायतम एक नेपालीलाई २५ वर्ष जेल सजाय

यौन दुराचारको अभियोगमा बेलायतम एक नेपालीलाई २५ वर्ष जेल सजाय

विराटचोकः अन्तरराष्ट्रिय सञ्चार माध्यमका अनुसार बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई २५ वर्ष जेल सजाय भएको छ ।

पुर्ख्यौली घर धादिङ भएका उनलाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजायका साथै त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको छ । विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा अपराधमा अदालतले ढकाललाई दोषी ठहर गरेको छ ।

उनले १३ वर्ष मुनिका बालिकामाथि ५ पटक र १३ वर्षमाथिका बालिकामाथि २ पटक बलात्कार गरेको जनाइएको छ । उनले ८ वर्ष उमेरकी नाबालिकालाई समेत बलात्कार गरेको ठहर अदालतले गरेको छ । अधिकांश पीडित पिटरबरो क्षेत्रकै नेपाली मूलका र एक जना लण्डनको भएको बताइएको छ ।

समुदायको विश्वासिलो सदस्य र एक धार्मिक व्यक्तिको रुपमा बनाएको सहज पहुँचलाई दुरुपयोग गर्दै उनले यौन दुराचार गरेको ठहर अदालतले गरेको छ । पीडितमध्ये धेरै जना पारिवारिक सम्बन्ध रहेका परिवारका सदस्य छन् । उनले एकै परिवारका एक भन्दा बढी सदस्यमाथि पनि यौन दुराचार गरेको पत्ता लागेको छ ।

सन् २००६ देखि पिटरबरोमा बस्दै आएका ढकाल सन् १९९८ देखि लन्डनमा बस्ने गर्थे । पिटरबरोमा रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न रहंदै आएका उनलाई नेपालीले पण्डितका रुपमा समेत पुज्ने गरेका थिए ।

उनले पाएको सजायबारे बीबीसी लगायतका मिडियाहरूले समाचार लेखेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments