Monday, October 26, 2026
Homeखेलकुदएनपीएल तेस्रो संस्करणको उद्घाटन खेलः साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७...

एनपीएल तेस्रो संस्करणको उद्घाटन खेलः साबिक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमा गर्याे अलआउट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य दिएको छ ।

तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा सुदूरपश्चिमले १७.२ ओभरमा ८७ रन मात्रै जोडेको हो ।

लुम्बिनीका लागि किशोरी महतोले चार, शेर मल्लले तीन, शाड्ली भानले एक, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले एक विकेट लिएका थिए ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन जोडे । उनले २३ बलको सामना गरेका थिए ।

कप्तान ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ रन जोडेका थिए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमको पहिलो विकेटको रुपमा चौथो ओभरको पहिलो बलमा विनोद भण्डारीलाई लुम्बिनीका शेरले एलबी डब्लुको धरापमा पारे । विनोद ९ रनमा आउट हुँदा आरिफ शेख कुनै पनि रन नजोडी आउट भएका थिए ।

२४ रन जोड्दा पहिलो विकेट गुमाएको सुदूरपश्चिमले ३४ रन पुर्याउँदा ४ विकेट गुमाउन पुगेको थियो । सैफ जैव १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७ रनमा आउट भएका थिए ।

शेर्फन रदरफोर्ड एक तथा स्कुट कुइगेलेइन र हेमन्त धामी कुनै पनि रन नजोडी आउट भएका थिए । अनिल खरेल ७ रनमा आउट हुँद अभिनास बोहरा अविजित रहेका थिए ।

आजदेखि शुरु प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments