Monday, January 19, 2026
Homeफिचरसुनको भाउ ८०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ११० रुपैयाँ, चाँदीको मूल्यले लगातार...

सुनको भाउ ८०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ११० रुपैयाँ, चाँदीको मूल्यले लगातार चौथो दिन बनायो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ बढेको हो । चाँदीको भाउले आज लगातार चौथो दिन उच्च मूल्यको रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ५४ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार ६५५ रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउले लगातार तेस्रो दिन उच्च मूल्यको रेकर्ड बनाएको हो । असोज ३१ गते प्रति तोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको चाँदीको भाउले सो रेकर्ड मंसिर १४ गते आइतबार तोडेको थियो । त्यसपछि दिनहुँ चाँदीको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । सुनको मूल्य भने उच्च मूल्यको रेकर्डभन्दा अझै ४ हजार रुपैयाँ तल छ ।

हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँ घटेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments