Friday, December 5, 2025
Homeखेलकुदएनपीएलः जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

एनपीएलः जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

काठमाडौंः आज शुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

काठमाडौं गोर्खाज्का लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक\एक विकेट लिए ।

प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments