Friday, December 5, 2025
Homeफिचरमध्यरातमा पक्राउ परे दुर्गा प्रसाईँ

मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईँ

काठमाडौंः बारम्बार हिंसा भड्किने गरी अभिव्यक्ति दिएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट दुर्गा प्रसाईंलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

नागरिक बचाउ दलका संरक्षकसमेत रहेका प्रसाईँ सोमबार मध्यरातमा पक्राउ परेका हुन् । यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।

राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र सो आन्दोलन हिंसात्मक हुन सक्ने अभिव्यक्ति बारम्बार दिएपछि प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments