Friday, December 5, 2025
Homeकला र साहित्यकोसी साहित्य कला परिषद्ले यो वर्ष पुस्तक प्रकाशन, विमर्श र समुदायलक्षित साहित्यिक...

कोसी साहित्य कला परिषद्ले यो वर्ष पुस्तक प्रकाशन, विमर्श र समुदायलक्षित साहित्यिक कार्यक्रमलाई जोड दिने

बेलबारीः साहित्यिक गतिविधिमा क्रियाशील कोसी साहित्य–कला परिषद् नेपाल’ ले अबको एक वर्ष पुस्तक प्रकाशन, विमर्श र समुादयलक्षित साहित्यिक कार्यक्रमलाई जोड दिने भएको छ । शनिबार बेलबारीमा आयोजित स्रष्टा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

संस्थाका अध्यक्षक केशु विरहीले संस्थाले हालसम्म गरेका गतिविधि तथा आगामी कार्यक्रमका बारेमा जानकारी गराउने क्रममा यस्तो जानकारी दिनुभएको हो । संस्थाले सङ्ख्यात्मक भन्दा पनि गुणात्मक कार्यक्रम सञ्चालन गर्ने, यस वर्ष प्रकाशन, पुस्तक विमर्श तथा समुदायलक्षित केही कार्यक्रम मात्र गर्ने उहाँले प्रष्ट्याउनुभयो । समुदायलक्षित कार्यक्रमअन्तर्गत किसान, श्रमिकलागयतसँग साहित्यिक विमर्श गरिने उहाँले जानकारी दिनुभयो ।

साहित्यकार हर्कमान तामाङको प्रमुख आतिथ्यतामा भएको छलफलमा कार्यसमिति सदस्य, सल्लाहकार, विभिन्न विभागका सदस्य, शुभेच्छुक साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रा.डा. भीम खतिवडा, साहित्यकार छवि वैरागी घिमिरे, छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेल, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाज, मोरङका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष धनजीत पराजुली, प्रलेस नेपाल कोसी प्रदेशका निवर्तमान अध्यक्ष तिला लेकाली, धिमाल भाषाका कवि तथा नाटककार टीकालाल धिमाल, गजलकार रोमु अधिकारी, विराट साहित्य समाजका सदस्य वासु अधिकारीलगायतका स्रष्टाहरूले संस्थाले गर्नुपर्ने आगामी कार्यक्रमका बारेमा आआफ्ना धारणा राख्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments