Friday, December 5, 2025
Homeकला र साहित्यनेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’ लोकार्पित

नेत्र खतिवडाको ‘ढुङ्गो फुलेपछि’ लोकार्पित

विराटनगरः मुक्तककार नेत्र खतिवडाको मुक्तककृति ‘ढुङ्गो फुलेपछि’ को लोकार्पण भएको छ । विष्णुमाया पुस्तकालय विराटनगरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश शाखाले एक कार्यक्रमको आयोजना गरेर उक्त कृतिको लोकार्पण गरेको हो ।

लोकार्पित कृतिमाथि भूषण ढुङ्गेल र उमेश लुइँटेलले समीक्षा गर्नुभएको थियो । विराटनगर प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यप्रेमीको राम्रो उपस्थिति थियो ।

कार्यक्रममा नानुमैया दाहाल, पुष्पा सायरा, नवराज पोखरेल ‘नवशिला’ र प्रज्ञा कट्टेलले कृतिभित्रका रचना वाचन गरेका थिए ।

संस्थाकी उपाध्यक्ष लक्ष्मी रायमाझीले स्वागत मन्तव्य राखेको कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव मदन भण्डारीले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments