काठमाडौंः निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका छन् । सरकारले कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता गर्न अनुरोध गरेकोमा त्यसलाई थपेर मंसिर ५ सम्म पुर्याएको छ ।
निर्वाचन घोषणापछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइएने भए पनि यस पटक विशेष परिस्थिति भएकाले सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न योग्य धरै जेनजीहरू बञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलनको बाटो खुला गरेको थियो ।
नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दैसरकारले मतदाता नामावली दर्ता सङ्कलन गर्ने समय ५ दिन थपेको हो ।








