विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ६० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला २ लाख ४९ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजा २८५ रुपैयाँ तोकिएको छ ।
हिजो सुनको भाउ तोलामा ५ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलामा १८० रुपैयाँ बढेको थियो ।







