Friday, December 5, 2025
Homeकृषिकृषिलाई व्यवसायीकरण गर्न कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्छः वीरेन्द्रबहादुर बस्नेत

कृषिलाई व्यवसायीकरण गर्न कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्छः वीरेन्द्रबहादुर बस्नेत

काठमाडौंः गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले सबै कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने बताउनुभएको छ । सो पार्टीले ललितपुरमा आयोजना गरेको राष्ट्रिय कृषि कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

किसानलाई निर्वाहमुखी अवस्थाबाट बाहिर निकाल्नका लागि न्यूनतम समर्थन मूल्य निर्धारण अपरिहार्य भएको जसका कारण कृषिलाई व्यावसायीकरण वा औद्योगीकरणतर्फ रूपान्तरण गर्न सकिने उहाँको भनाइ छ । न्यूनतम समर्थन मूल्य र औद्योगिक संरचना बिना कृषिलाई व्यवसायीकरण गर्न नसकिनेमा उहाँको जोड थियो ।

सरकारले यान्त्रीकरण र शीतभण्डारणका नाममा सरकारले खर्बौं रुपैयाँ खर्च गरे पनि प्रभावकारी नभएको उहाँको भनाइ छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments