Friday, December 5, 2025
Homeखेलकुदपीएलओले नेपाल प्रिमियर लिगमा खेल्ने विराटनगर किंग्सलाई मुख्य प्रायोजन गर्ने

पीएलओले नेपाल प्रिमियर लिगमा खेल्ने विराटनगर किंग्सलाई मुख्य प्रायोजन गर्ने

विराटचोकः नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किंग्सलाई पीएलओ ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ । सुन्दरहरैंचाका प्रायोजनसम्बन्धी सम्झौतामा मङ्गलबार हस्ताक्षर गरिएको छ । पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालल र विराटनगरका किंग्सका तर्फबाट पारस लुनियाँले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर किंग्सका पारस लुनियाँले देशको विषम परिस्थितिमा पनि पीएलओ ग्रुपले खेल प्रायोजन गर्न स्वीकारेकोमा खुशी व्यक्त गर्नुभयो । पीएलओ ग्रुपद्वारा सञ्चालित नेपालीरिका होटलमा आगजनी र तोडफोडका कारण क्षति भइरहेको समयमा मुख्य प्रायोजन गर्न तयार हुनुले पीएलओको खेलप्रतिको सम्मान देखिने बताउनुभयो ।

पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलालले आफू विराटनगर किंग्सको खेलबाट ज्यादै प्रभावित भएको बताउनुभयो । क्रिकेटमा अहिले मानिसको सबैभन्दा धेरै क्रेज रहेको तथा खेलले पर्यटन क्षेत्रको विकास र बिस्तार गर्ने भएकोले कोशी प्रदेशको गौरवको रुपमा रहेको विराटनगर किंग्सलाई सधैं सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । पीएलओले विराटनगर किंग्सलाई हरेक सिजनमा प्रायोजन गर्ने उहाँले बताउनुभयो ।

विराटनगर किंग्समा एमएम ग्रुप, मुन्दडा ग्रुप, म्याजिक चप्पल ग्रुप सञ्चालक छन् ।

हस्ताक्षर कार्यक्रममा पीएलोओ ग्रुप, नेपालीरिका होटल तथा विराटनगर किंग्सका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments