इटहरी । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि.ले नेपालमा TVS मोटर कम्पनीको आधिकारिक बिक्रेताहरूमार्फत नयाँ माेडलका दुई मोटरसाइकलकाे भव्य लञ्च गरेको छ। कम्पनीकाे इटहरीस्थित आधिकारिक बिक्रेता पारस अटो मोबाइल्स इटहरीले भब्य कार्यक्रम सहित TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO सार्वजनिक गर्दै नेपाली बजारमा नयाँ शक्ति, शैली र प्रविधि ल्याउने बताएको छ।
युवाहरू माझ बढदाे लाेकप्रियता र बजारमा माग पनि बढेकाेले साे प्रविधि सहितकाे माेटरसाइकल लञ्च गरिएकाे पारस अटो मोबाइल्स इटहरीका सञ्चालक लिलानाथ लुइटेलले बताए ।
TVS Apache RTR 160 2V FI BS6 Apache Racing DNA बाट प्रेरित मोडल हो। यसमा 159.7cc FI इन्जिन प्रयोग गरिएको छ जसले 16.04 PS @ 8400 RPM र 13.85 Nm @ 7000 RPM पावर प्रदान गर्छ। BS6 फ्यूल इन्जेक्सन प्रणालीले करिब 50 KMPL दक्षता दिन्छ। साथै, Race-Tuned Suspension, ABS, SmartXonnect, Ride Modes र जीवनभरको वारेन्टी यस मोडलका आकर्षण हुन्।

जगदम्बा मोटर्स प्रा.लि का क्षेत्रिय प्रबधक अमित चौहानका अनुसार, “Apache RTR 160 2V FI BS6 दमदार प्रदर्शनका लागि बनेको छ भने Raider IGO स्टाइल एवम माइलेजले युवाहरूकाे मन जित्ने विश्वास लिइएकाे छ ।
त्यसैगरी, TVS Raider IGO नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गरिएको स्टाइलिश 125cc मोटरसाइकल रहेकाे बताइएकाे छ । यसमा LED हेडलाइट, डिजिटल क्लस्टर, सीटमुनि स्टोरेज, राइड मोड्स र उत्कृष्ट माइलेजजस्ता फिचरहरू समावेश रहेका छन्, जसले दैनिक यात्रा र रोमाञ्च दुबैमा सहजता ल्याउँने कम्पनीकाे विश्वास छ ।









