विराटनगरः नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका सञ्चालक डा. सुनिलकुमार शर्मा र निर्देशक इन्दिरा बरालले संयुक्त रूपमा नोबेल अस्पतालमा अनुसन्धान इकाईको उद्घाटन गर्नुभएको छ ।
नोबेलका बोर्ड सल्लाहकार सोइना शर्मा, सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न विभागका फ्याकल्टी सदस्यहरु, अनुसन्धान इकाईका पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थितिमा इकाइको उद्घाटन भएको हो ।
कार्यक्रममा अनुसन्धान इकाईका प्रमुख प्रा.डा. गेहनाथ बरालले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य उपचारको क्षेत्रमा एक उचाई प्राप्त गरिसकेको र त्यससंगै स्वास्थ्य एवं चिकित्सा शिक्षाका विविध अनुसन्धानलाई अगाडि बढाउन आवश्यक रहेको औँल्याउँदै अनुसन्धान इकाईको व्यवस्था तथा अनुसन्धान अनुदानको प्रावधानले ठूलो योगदान गर्ने बताउनुभयो ।







