काठमाडौंः मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेपछि सरकारले नागरिक बचाउ अभियानका संयोजक एवं व्यवसायी दुर्गा प्रसाईंको समूहको सिंहदरबारमा वार्ता शुरु गरेको छ ।
मन्त्रीस्तरीय सो वार्तामा प्रसाईँ भने सहभागी छैनन् । प्रधानमन्त्रीस्तरीय वार्तामा मात्रै आफू सहभागी हुने प्रसाईँले अडान लिएका छन् ।
प्रसाईंको समूहबाट सङ्गठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्यहरू सहभागी छन् ।







