Friday, December 5, 2025
Homeकला र साहित्यइटहरीमा गजल महफिल

इटहरीमा गजल महफिल

इटहरी: नेपालबिटको आयोजनमा इटहरी महफिल शृङ्खला –१, शनिबार कस्तुरी कलेजको सभाहल इटहरीमा सम्पन्न भएको छ ।

सो महफिलमा बाबु त्रिपाठी, रूपक वनवासी, दीर्घराज प्रियसी र दीपा दीपहरिका गजल प्रस्तुत भएका थिए । गजलकारहरूले शुरुका दुई चरणमा ३\३ र अन्तिम चरणमा २\२ ओटा गरेर ८\८ ओटा गजल वाचन गर्नुभएको थियो ।

साहित्यकार छवि वैरागी घिमिरे प्रमुख अतिथि रहनुभएको कार्यक्रममा कवि मनु मञ्जिल, कस्तुरी कलेजका अध्यक्ष रामचन्द्र अधिकारी, अग्रज स्रष्टा बद्री भिखारी, सङ्गीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसी, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा लगायतका विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपालबिटका अध्यक्ष रामप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उषाकिरण घिमिरेले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments