Friday, December 5, 2025
Homeफिचरफेरि बढ्न थाल्यो सुनचाँदीको भाउ, आज सुनको भाउ तोलामा ४ हजार ९००...

फेरि बढ्न थाल्यो सुनचाँदीको भाउ, आज सुनको भाउ तोलामा ४ हजार ९०० र चाँदीको भाउ १०५ रुपैयाँ वृद्धि

विराटचोकः केही दिन ह्वात्तै घटेको सुनचाँदीको भाउ हिजोदेखि फेरि ह्वात्तै बढ्न थालेको छ । हिजो सुनको भाउ तोलामा २९०० रुपैयाँ बढेको थियो भने आज ४९०० रुपैयाँ बढेको छ । चाँदीको भाउ हिजो तोलामा ५० रुपैयाँ बढेको सुनको भाउ आज तोलामा १०५ रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ३ हजार १७० रुपैयाँ निर्धारण भएको छ ।

कात्तिक ३ गते सुनको भाउ हालसम्मकै उच्च मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ पुगेपछि घट्न थालेको थियो । कात्तिक १२ गते सुनको भाउ तोलाको २ लाख ३६ हजार ३०० रुपैयाँसम्म झरेपछि पुनः बढ्न थालेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments