Friday, December 5, 2025
Homeफिचरलेटाङको वाराङ्गीमा दुर्लभ सेलामेन्डर फेला

लेटाङको वाराङ्गीमा दुर्लभ सेलामेन्डर फेला

लेटाङः लेटाङ–७ वारङ्गीस्थित सुकेपोखरी क्षेत्रमा दुर्लभ उभयचर सेलामेन्डर फेला परेको छ ।

विशेषज्ञहरूका अनुसार, यो सेलामेन्डर प्रजाति नेपालमा पाइने हिमालयन सेलामेन्डर हो । यो अत्यन्तै दुर्लभ उभयचर जनावरहरूमध्ये एक हो । यसको शरीर कालो–खैरो रङको हुन्छ र टाउकोदेखि पुच्छरसम्म सुन्तलाम्मे धर्सा देखिन्छ । छालामा साना दाना हुन्छन् ।

प्रायः १ हजारदेखि २ हजार ५०० मिटर उचाइका ओसिला वन क्षेत्र र पोखरी नजिकका चिसा स्थानहरूमा बसोबास गर्ने सेलामेण्डरका लागि लेटाङ–७ को सुकेपोखरी उपयुक्त वासस्थान भएको बताइन्छ ।

वर्षाको समयमा विशेष गरी राति यो जनावर पोखरी वरिपरि देखिने गर्छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments