धनकुटाः आठपहरिया राई जातिको पर्व वाडाङ्मेटको अवसरमा धनकुटा नगरपालिकाले नगरभित्र आज र भोलि दुई दिन स्थानीय बिदा दिएको छ ।
यस्तो छ धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित सूचनाः
धनकुटा नगरपालिका क्षेत्रभित्र मात्र बसोबास गर्ने आठपहरिया जातिको महान चाड वाडाङ्मेटको मुख्य दिन मिति २०८२\०७\१९ र २० गते परेको हुनाले नगर कार्यपालिकाको कार्यालय (अत्यावश्यक सेवा बाहेक), वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरीय कार्यालयहरु तथा नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयमा मिति २०८२\०७\१९ र २० गते स्थानीय बिदा दिने निर्णय भएको सम्बन्धित सवैलाई यसै सूचना द्वारा जानकारी गराइन्छ ।








