विराटचोकः आजदेखि सर्वसाधारणका लागि एसवाई प्यानल नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० करोड ७६ लाख १५ हजार ६०० रुपैयाँबराबरको ४० लाख ७६ हजार १५६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा कात्तिक २३ गते हुनेछ भने ढिलोमा मंसिर ३ गते हुने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।







