Friday, December 5, 2025
Homeफिचरजापानमा पहिलो महिला प्रधानमन्त्री बनिन् सनई ताकाइची

जापानमा पहिलो महिला प्रधानमन्त्री बनिन् सनई ताकाइची

विराटचोकः जापानमा सनई ताकाइची प्रधानमन्त्री बनेकी छिन् । त्यहाँ महिला प्रधानमन्त्री बनेको यो पहिलो पटक हो ।

सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची  संसद्को तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेकी थिइन् । बहुमतका लागि २३३ मत आवश्यक रहेकोमा त्यो सीमा पार गरेपछि उनी प्रधानमन्त्री बनेकी हुन् ।

सन् २०२१ र गत वर्ष गरी दुई पटक दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची गत महिना एलडिपीको नेता चुनिएकी थिइन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments