इटहरीः सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धान्याञ्चल सत्सङ्गअन्तर्गत आज १०८ शिवलिङ्ग स्थापना गर्नेहरूलाई सम्मानपत्र प्रदान गरिएको छ ।
श्रीमद्भागवत धान्याञ्चल सत्सङ्ग अन्तर्गत भोलिसम्म १०८ शिवलिङ्गको धार्मिक विधिअनुसार प्राणप्रतिष्ठा जारी रहने जनाइएको छ । आज शिवलिङ्ग स्थापना गर्न सहयोग गर्ने भक्तजनलाई दोसल्ला ओढाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
हिजो वैदिक विधिद्वारा १०८ शिवलिङ्गको रुद्राभिषेक गरी प्राण प्रतिष्ठा गरिएको थियो ।







