विराटचाेक: नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
हिजाे सुनकाे भाउ स्थिर रहेकाे थियाे भने चाँदीकाे भाउ ताेलामा ५ रुपैयाँ बढेकाे थियाे ।







