Friday, December 5, 2025
Homeधर्म र संस्कृतिइटहरीमा १०८ शिवलिङ्गको सामुहिक रुद्राभिषेक

इटहरीमा १०८ शिवलिङ्गको सामुहिक रुद्राभिषेक

इटहरीः सुनसरीको इटहरी–२, आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रमा जारी श्रीमद्भागवत धन्याञ्चल सत्सङ्गको चौथो दिन १०८ शिवलिङ्गको धार्मिक विधि अनुसार सामुहिक रुद्राभिषेक गरिएको छ ।

१०८ शिवलिङ्ग स्थापना गर्ने देशभरका भक्तजन सामुहिक रुपमा रुद्राभिषेक कार्यक्रममा सहभागी भएका हुन् । सो अवसरमा निरन्तर शङ्खध्वनि पनि गरिएको थियो ।

इटहरी–२ आयुर्वेदिक टोलमा रहेको मायाघर तथा सुकल्प प्रतिष्ठानको समीपमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र कोशी प्रदेशले करीब ३६ लाख रुपैयाँ लागतमा भक्तपुरका कलात्मक इँटा र नेपालमै निर्मित शिलाबाट शिवलिङ्गहरू तयार गरी स्थापना गराएको हो ।

सत्सङ्ग २१ गते समापन हुनेछ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments