विराटचोकः सुन्दरहरैंचा – १० मोरङको हिमालय इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुहुने भएको छ ।
खनाललाई आउट स्टेन्डिङ अवार्डद्वारा मलेसियामा आयोजना गरिने कार्यक्रममा सम्मान गरिने भएको हो । नेपाल, भारत, मलेसिया, फिलिपिन्स, अमेरिका बङ्गलादेश, बेलायतलगायत विभिन्न देशका व्यक्तिलाई सो अवार्ड दिने गरिएको आयोजकले जनाएको खनालले बताउनुभएको छ ।
विभिन्न क्षेत्रका ख्यातिप्राप्त विद्यालय, संस्थाहरु र व्यक्तिहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको हो । गत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हुँदै आएको बताइएको छ ।
विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम सञ्चालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा अक्टोबर १४ मा मलेसियाको क्वालालाम्पुरको लिङ्कन युनिभर्सिटीमा सो अवार्ड प्रदान गरिने भएको हो ।







