Friday, December 5, 2025
Homeफिचरएकै व्यक्तिलाई धेरै डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न दिइयो सुझाव

एकै व्यक्तिलाई धेरै डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्न दिइयो सुझाव

विराटचोकः पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता (डिम्याट) खोल्न दिने सुझाव दिएको छ । अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाउँदै कार्यदलले यस्तो सुझाव दिएको हो ।

कार्यदलले लगानीकर्ताको हित र पुँजी बजारको विकासका लागि विभिन्न सिफारिशहरू गरेको जनाएको छ । कार्यदलले नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीबद्ध कम्पनीहरूको वर्गीकरणलाई थप वस्तुनिष्ठ बनाउनुपर्ने सुझाव दिएको छ । यस वर्गीकरणपछि ‘जेड’ समूहमा पर्ने कम्पनीहरूको कारोबारमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्न पनि अनुरोध गरिएको छ ।

लगानीकर्ताका समस्या र गुनासोलाई तत्काल सम्बोधन गर्न गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरी सञ्चालनमा ल्याउन पनि सुझाव दिइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments