Friday, December 5, 2025
Homeअर्थभदौमा ७२ प्रतिशत घट्यो पूँजीगत लाभकर

भदौमा ७२ प्रतिशत घट्यो पूँजीगत लाभकर

विराटचोकः साउन महिनाको तुलनामा भदौ महिनामा पूँजी बजारबाट सरकारले पाउने राजस्व ७२ प्रतिशतले घटेको छ । जेनजी आन्दोलनको कारण भदौ २३ गते देखि असोज २ गतेसम्म शेयर कारोबार बन्द भएकाले शेयर बजारबाट सङ्कलन हुने राजस्वमा भारी गिरावट आएको हो ।

सरकारले साउनमा पूँजी बजारबाट २ अर्ब १६ करोड बराबारको राजस्व सङ्कलन गरेको थियो । तर भदौ महिनामा भने सरकारले पूँजी बजारबाट जम्मा ६० करोड १५ लाख मात्रै राजस्व सङ्कलन गरेको छ । भदौ महिनामा व्यक्तिगततर्फ अल्पकालीन लगानीकर्ताले २० करोड ८१ लाख ६५ हजार र दीर्घकालीन लगानीकर्ताले ३२ करोड ८८ लाख रुपैयाँ लाभकर तिरेका छन् ।

संस्थागत लगानीकर्ताहरुले ६ करोड ४५ लाखबराबरको राजस्व तिरेका छन् । धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालीन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालीन लगानीकर्ता भनिन्छ । अल्पकालीन लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत तथा संस्थागत लगानीकर्ताले १० प्रतिशत कर तिर्दै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments