केराबारीः मोरङको केराबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिका अस्पतालमा अत्याधुनिक उपकरणबाट थाइराइड, भिटामिन डी, कलेजो, मुटु, मृगौला, युरिक एसिड, सुगर लगायतको स्वास्थ्य परीक्षण सेवा शुभारम्भ भएको छ ।
केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ र उपाध्यक्ष मनमाया मगरले संयुक्त रुपमा सेवा शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख टोमप्रसाद चौलागाई, अस्पताल प्रमुख रमेशबहादुर भट्टराईलगायतको उपस्थिति रहेको थियो ।







