Friday, December 5, 2025
Homeफिचरअनिवार्य अवकाश पाएका सहचालकलाई सिद्धार्थ सेकेण्डरी स्कुलद्वारा नगद ५१ हजार र कदरपत्र...

अनिवार्य अवकाश पाएका सहचालकलाई सिद्धार्थ सेकेण्डरी स्कुलद्वारा नगद ५१ हजार र कदरपत्र प्रदान

विराटचोकः सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेण्डरी स्कुलले उमेरहदका कारण अनिवार्य अवकाश पाउनुभएका विद्यालय बसका सहचालक खड्गबहादुर खड्कालाई कदरपत्रका साथमा नगद ५१ हजार र दोसल्लाले सम्मान गरेको छ ।

आज विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष नीलम ढुङ्गाना, विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतलगायतले खड्कालाई सम्मान गर्नुभएको हो ।

‘पारिश्रमिकका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयले थप ५१ हजार रुपैयाँ प्रदान गरेको हो,’ कर्मचारी खड्काको बिदाइ तथा बडा दशैंलगायतका चाडपर्वको शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा प्रिन्सिपल बस्नेतले भन्नुभयो, ‘सेवानिवृत्त खड्काले पाउने पारिश्रमिक, पेन्सन तथा अन्य सुविधा कटौती नगरी थप रकम पनि प्रदान गरिएको हो ।’

शुभकामना आदानप्रदान तथा कर्मचारीको बिदाइ समारोहमा विद्यालयका शिक्षक, कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल जेबी थुलुङले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments