विराटचोकः जेन जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सेवाप्रवाहमा कठिनाइ भोगिरहेको मोरङको सुन्दरहरैंचा नगरपालिकालाई प्याब्सन सुन्दरहरैंचाले ६ थान कम्प्युटर र ६ थान प्रिन्टर प्रदान गरेको छ ।
नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सुन्दरहरैंचा प्याब्सनका तर्फबाट कम्प्युटर हस्तान्तरण गरिएको नगर अध्यक्ष दीपक केसीले जानकारी दिनुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा नगर अध्यक्ष केसी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टीकाराम ढकाल, प्याब्सन मोरङका पूर्व अध्यक्ष अर्जुन बस्नेतलगायतको उपस्थिति थियो । प्याब्सनले सुन्दरहरैंचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको थियो ।
त्यस्तै, सिद्धार्थ सेकेण्डरी बोर्डिङ स्कुल सुन्दरहरैंचाले नगरपालिकाको शिक्षा शाखामा रहने गरी एक थान दराज, कुर्सी र टेबल उपलब्ध गराउने भएको छ ।
सम्बन्धित समाचारः
पूर्व नगरप्रमुख शिवप्रसाद ढकालको पहलमा सुन्दरहरैंचालाई फर्निचर तथा कम्प्युटर प्रदान







