Friday, December 5, 2025
Homeफिचरअमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, पुग्यो १४२ रुपैयाँ ३२ पैसा

अमेरिकी डलरको मूल्यले बनायो नयाँ रेकर्ड, पुग्यो १४२ रुपैयाँ ३२ पैसा

विराटचोकः आज अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यस अघि गत भदौ २७ गते डलरको मूल्य हालसम्मकै उच्च हुँदा बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा पुगेको थियो ।

आज डलरको बिक्रीमूल्य १४२ रुपैयाँ ३२ पैसा पुगेर नयाँ रेकर्ड कायम भएको हो । आज डलरको खरिददर भने १४१ रुपैयाँ ७२ पैसा रहेको छ ।

आज युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ। आज स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments