Friday, December 5, 2025
Homeकला र साहित्यसुन्दरहरैंचामा ‘वि वि शा रा’ उपन्यासको गृह विमोचन र विचार विमर्श

सुन्दरहरैंचामा ‘वि वि शा रा’ उपन्यासको गृह विमोचन र विचार विमर्श

विराटचोकः अघिल्लो महिना काठमाडौंमा विमोचन गरिएको छवि वैरागी घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ को गृह विमोचन सोमबार विराटचोकमा सम्पन्न भएको छ ।

सुन्दरहरैंचा कला साहित्य विकास समिति र कोशी साहित्य कला परिषद नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. भीमप्रसाद खतिवडाले उपन्यासको विमोचन गर्नुभयो । कार्यक्रममा डा. अस्मिता विष्ट र रामप्रसाद खरेल कृतिको विचारविमर्शको वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । विचारविमर्शको सहजीकरण सञ्चारकर्मी उषाकिरण घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याख्खा, साहित्यप्रेमी सुजू थापा र हर्कमान तामाङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कोशी साहित्य कला परिषदका अध्यक्ष केशु विरहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सुन्दरहरैंचा कला साहित्य विकास समितिका उपाध्यक्ष दीपक न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन परिषद्का सचिव नवराज पोख्रेल ‘नवशिला’ ले गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments