Friday, December 5, 2025
Homeफिचरस्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाद्वारा आयोजित रक्तदानमा १३ पिण्ट रगत सङ्कलन

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाद्वारा आयोजित रक्तदानमा १३ पिण्ट रगत सङ्कलन

विराटचोकः नेपाल रेडक्रस सोसाइटी प्रादेशिक शाखा विराटनगरको प्राविधिक सहयोगमा स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले गरेको रक्तदानमा १३ जनाले रक्तदान गर्नुभएको छ ।

समाजका संयोजक चिरञ्जीवी शिवाकोटीका अनुसार देशमा विद्यमान रगत अभावको समस्या समाधान गर्न तथा हालैको जेन–जी आन्दोलनमा घाइते भएका सयौं विद्यार्थी र सुरक्षाकर्मीहरूलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि पूर्व प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती हुनुहुन्थ्यो ।

रक्तदान कार्यक्रमको विशिष्ट अतिथिमा सुन्दरहरैंचा वडा नं. ७ का वडाध्यक्ष भुवन सिंह मगर, वडा नं. ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, ज्ञान ज्योति इङ्लिस स्कुलका प्रिन्सिपल देवी सिटौला, नेपाल तामाङ घेदुङ संघ कोशी प्रदेश संयोजक मित्रसेन योञ्जनलगायत हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments