विराटचोकः आज नवरात्रको दोस्रो दिन अर्थात् आश्विन शुक्ल द्वितीया । आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो देवीको रुपमा परिचित ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।
हिजो नवरात्रको पहिलो दिन दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।
घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमददेवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।







