Friday, December 5, 2025
Homeअर्थएक महिना थपियो साउनको राजस्व विवरण बुझाउने समय

एक महिना थपियो साउनको राजस्व विवरण बुझाउने समय

विराटचोकः जेन जी आन्दोलनका कारण असहज परिस्थिति भएको भन्दै अर्थमन्त्री रामेश्वर खनालले राजस्व विवरण बुझाउने समय एक महिना थप गर्नुभएको छ ।

व्यवसायीले बुझाउनुपर्ने साउनको राजस्व विवरण असोज २५ गतेसम्म बुझाउँदा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था भएको हो । मङ्गलबार मन्त्रीस्तरीय निर्णयमार्फत् सो व्यवस्था भएको हो । अघिल्लो महिनाको राजस्व पछिल्लो महिनाको २५ गतेभित्र बुझाइसक्नेपर्ने नियम छ । भदौ २३ र २४ गतेको जेन जी प्रदर्शनका कारण धेरै व्यवसायीमा प्रभाव परेकाले उनीहरूलाई केही राहत स्वरुप यो व्यवस्था गरिएको बताइएको छ ।

एक महिना समय थपिएको जानकारी सबै आन्तरिक राजस्व कार्यालयहरूमा पत्राचारमार्फत् गरिसकिएको छ ।

अब साउनको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण असोज २५ गतेसम्म बुझाउँदा जरिवाना नलाग्ने भएको हो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments