विराटचोकः बजार खुल्नासाथ ४ प्रतिशतले ओरालो लागेपछि २० मिनेटका लागि खुलेको शेयर बजार २० मिनेटपछि कारोबार शुरु भएको ३८ सेकेण्डमा पुनः १ प्रतिशत घटेपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
जेन जी आन्दोलनपछि खुलेको बजारमा आज ११ बजेर २ मिनेट २२ सेकेण्डमा ४ प्रतिशतले घटेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटपछि ११ बजेर २२ मिनेट २२ सेकेण्डमा कारोबार शुरु भएको बजारमा ३८ सेकेण्डपछि थप १ प्रतिशत घटेर ५ प्रतिशत घटेपछि बजारमा ४० मिनेटका लागि कारोबार स्थगित भएको हो ।
अब ४० मिनेटपछि अर्थात् १२ बजेर ३ मिनेट जाँदा बजार खुल्नेछ । दोस्रो सर्किट ब्रेकपछि बजार थप १ प्रतिशत घट्यो भने आजका लागि शेयर कारोबार बन्द हुनेछ ।
पहिलो सर्किट लाग्दा बजार १०७ अङ्कले घटेको थियो । दोस्रो सर्किटमा आइपुग्दा नेप्से १३३ अंकले घटेको छ ।
सम्बन्धित समाचार
बजार खुलेको २ मिनेट २२ सेकेण्डमै ४ प्रतिशत घटेपछि २० मिनेटका लागि शेयर कारोबार रोक्का







