विराटचोकः जेन जी आन्दोलनपछि पहिलो पटक आज खुलेको शेयर बजार बजार खुल्नासाथ राताम्य भएको छ ।
बजार खुलेको २ मिनेट २२ सेकेण्डमै ४ प्रतिशत अर्थात् १०७ दशमलव ०४ अंकले बजार घटेपछि २० मिनेटका लागि कारोबार बन्द भएको हो । प्रि ओपन सेसनमा नै नेप्से उच्च अङ्कले घटेको थियो ।







